पश्चिमी वायुको आंशिक प्रभाव, आज तीन प्रदेशमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

राति र बिहानको समयमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Share News