काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर कुमार सुवेदीले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीका अनुसार सुवेदीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा मंसिर ४ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।
सोही दिन बसेको सञ्चालक समितिको बैठकले सुवेदीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ ।
सुवेदीको राजीनामापछि अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि सञ्चालक सलिल भट्टराईलाई कार्यवाहक कार्यकारीको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।