लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो ५ प्रतिशत लाभांश

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको मंसिर ३ गते बिहीबार बसेको सञ्चालक समितिको २०४औँ बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांश बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्न लागिएको संस्थाले जनाएको छ ।

संस्थाको हाल कायम चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँ रहेको छ । प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयरको रकम २ करोड ९ लाख ७८ हजार ९४९ रुपैयाँ ७५ पैसा र नगद लाभांशको रकम ११ लाख ४ हजार १५५ रुपैयाँ २५ पैसा हुनेछ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

Share News