ग्यासको सिलिन्डरलाई बढी मूल्यमा बेच्ने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

उपभोक्ताले हेलो सरकारको वेब पोर्टलमार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए । 

सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।  

सरकारले उपभोक्ता ठगिने वा कुनै सार्वजनिक सेवामा समस्या आएमा हेलो सरकारको निःशुल्क फोन सेवा ११११ वा अनलाइन पोर्टलमार्फत गुनासो टिपाउन आग्रहसमेत गरेको छ ।


null

Share News