काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तसम्म कच्चा पेट्रोलियमको मूल्य गत वर्षको सोही अवधिको तुलनामा ९५.४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय बजारमा २०८२ असोज मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिव्यारेल ६१.०८ अमेरिकी डलर थियो । २०८३ असोज मसान्तमा यस्तो मूल्य बढेर प्रतिव्यारेल ११९.३३ अमेरिकी डलर पुगेको छ ।
यस अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भने घटेको छ । गत वर्ष असोज मसान्तमा प्रतिऔंस ४ हजार २६१.९५ अमेरिकी डलर रहेको सुनको मूल्य चालु आर्थिक वर्षको असोज मसान्तमा १.७ प्रतिशतले घटेर ४ हजार १८९.२० अमेरिकी डलर कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसरी एक वर्षको अवधिमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि हुँदा सुनको मूल्यमा भने सामान्य गिरावट आएको छ ।