काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वागत गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङ आफै विमानस्थल पुगेका छन् ।
चीनको सेन्जेनस्थित बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा सी आफै ट्रम्पको स्वागतका लागि पुगेका हुन् ।
यो केवल चिनियाँ राष्ट्रपति सी चिनफिङले विमानस्थलमा गरेको औपचारिक स्वागत मात्र होइन । यो निकै सोचविचार गरेर तयार पारिएको कूटनीतिक क्षण हो ।
सी यस्तो स्वागतको महत्त्व राम्ररी बुझ्छन् ।
राष्ट्रपति बनेपछि उनले पहिलोपटक कुनै विदेशी नेताको स्वागत गर्न आफै विमानस्थल पुगेको मानिएको छ ।
सबैभन्दा पहिले त उनले अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि गरेको व्यवहारको जवाफ दिएका हुन् । यसै वर्ष अमेरिकामा ट्रम्प आफै वासिङ्टनको विमानस्थल पुगेर सी चिनफिङको स्वागत गर्न गएका थिए । अहिले चिनियाँ राष्ट्रपतिले पनि त्यही कूटनीतिक शिष्टाचारको जवाफ दिएका छन् ।
तर सी जिनपिङलाई अर्को कुरा पनि राम्ररी थाहा छ । ट्रम्प व्यक्तिगत सम्मान, औपचारिकता र आफ्नो हैसियतलाई निकै महत्त्व दिन्छन् ।
यो जिम्मेवारी अरू कसैलाई नदिई आफै स्वागतमा पुगेर चिनियाँ राष्ट्रपतिले ट्रम्पलाई विशेष सम्मान दिएका छन् । यसबाट उनले ट्रम्पलाई आफ्नो लागि निकै महत्त्वपूर्ण व्यक्ति भएको सन्देश दिन खोजेका छन् ।
सी जिनपिङलाई यो सद्भावपूर्ण संकेतले व्यापार, ताइवान र प्रविधिजस्ता संवेदनशील विषयमा हुने छलफललाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा हुन सक्छ ।
आफ्नो प्रतिष्ठामा कुनै आँच नआउने गरी उनले यस्तो गर्न सक्छन् । किनभने ट्रम्प, सी जिनपिङ र पुटिनबीच हुन लागेको यो अभूतपूर्व शिखर सम्मेलनको सम्पूर्ण रूपरेखा र व्यवस्थापन यसअघि नै चीनको नियन्त्रणमा छ ।