काठमाडौं । इन्टरनेट सेवामा देखिने प्राविधिक समस्या समाधानका लागि भायानेटले आजै फिक्स सेवा सुरु गरेको छ ।
यस सेवामार्फत ग्राहकले दर्ता गराएका इन्टरनेटसम्बन्धी समस्या सोही दिन समाधान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
कम्पनीका अनुसार ग्राहकले बेलुका ५ बजेसम्म प्राविधिक सहयोगका लागि टिकट दर्ता गराएमा उक्त समस्यालाई सोही दिन समाधान गर्न प्राथमिकता दिइनेछ ।
सेवाअन्तर्गत ग्राहकको समस्याको प्रकृतिअनुसार रिमोट माध्यमबाट प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।
रिमोट माध्यमबाट समस्या समाधान हुन नसकेमा आवश्यकताअनुसार प्राविधिक कर्मचारी ग्राहकको घर वा कार्यालयमै पुगेर सेवा दिनेछन् ।
इन्टरनेटमा समस्या आउँदा लामो समयसम्म सेवा अवरुद्ध भएर ग्राहकले सास्ती भोग्नुपर्ने अवस्थालाई कम गर्ने उद्देश्यले ‘आजै फिक्स’ सेवा ल्याइएको कम्पनीले जनाएको छ ।
यस सेवाले ग्राहकका गुनासो छिटो सम्बोधन गर्दै इन्टरनेट सेवाको गुणस्तर र ग्राहक सन्तुष्टि बढाउने भायानेटले जनाएको छ ।