काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ४०औँ वार्षिक साधारणसभा मंसिर २३ गते गर्ने भएको छ ।
बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको ४९५औँ बैठकले मंसिर २३ गते बुधबार (डिसेम्बर ९, २०२६) साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १० गते (नोभेम्बर २६, २०२६) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।
बैंकले साधारणसभाको सूचना तथा आर्थिक वर्ष २०८२/८३ को संक्षिप्त वार्षिक प्रतिवेदन राष्ट्रिय दैनिक पत्रिकामार्फत प्रकाशित गरिसकेको जनाएको छ ।