आईसीएफसी फाइनान्सको डीसीईओमा लक्ष्मणप्रसाद जैसी नियुक्त

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको ३८०औँ बैठकले जैसीलाई नायब सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनी मंसिर २ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त भएका हुन् । यसअघि जैसी कम्पनीमा नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए ।

कम्पनीले उक्त नियुक्तिबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत जानकारी गराएको छ । 

Share News