काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालक नियुक्त गरेको छ ।
संस्थाको ५१औँ सञ्चालक समिति बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा मोहनलाल डाँगी नियुक्त भएका छन् । त्यस्तै, स्वतन्त्र सञ्चालकमा सरस्वती शाह नियुक्त भएकी छन् ।
संस्थाका अनुसार सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने यसअघिका सञ्चालक विनोद तामाङले २०८३ साल असार २ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । सोही रिक्त पदमा डाँगीलाई नियुक्त गरिएको हो ।
संस्थाले दुवै सञ्चालकको नियुक्तिबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।