सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले 
लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पार्यो । 

सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा फाइनल पुग्ने प्रयासमा रहँदा लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

गत संस्करणमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो ।

आजको खेलमा लुम्बिनीले जित हासिल गरे ऊ सिधै फाइनलमा पुग्नेछ । 

Share News