सुदूरपश्चिम रोयल्समा आक्रामक ब्याटर जर्ज मुन्सी अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर चरणमा प्रवेश गरेको सुदूरपश्चिम रोयल्सले प्रतियोगिताका बाँकी खेलका लागि स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्सीलाई टोलीमा भित्र्याएको छ । 

टोलीका प्रभावशाली खेलाडी ब्रान्डन म्याकमुलेन स्वदेश फर्किएपछि उनको स्थानमा ३३ वर्षीय मुन्सीलाई अनुबन्ध गरिएको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।

विस्फोटक ब्याटिङका लागि परिचित मुन्सीले ८८ टी-२० अन्तर्राष्ट्रिय खेलमा २४३ को स्ट्राइक रेटसहित २ हजार ५९८ रन बनाएका छन् । टी-२० क्रिकेटमा १३२ रनको उच्च स्कोर बनाएका उनको नाममा तीन शतक र १४ अर्धशतक समावेश छन् । 

मुन्सीको आगमनसँगै सुदूरपश्चिमको ब्याटिङ लाइनअप थप मजबुत हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिम रोयल्सले फाइनल प्रवेशका लागि मंगलबार हुने पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सको सामना गर्नेछ ।

Share News