संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो सूर्य नेपाल

काठमाडौं । सूर्य नेपाल प्रालि संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गरेबापत सूर्य नेपाल मंगलबार सम्मानित भएको हो ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले सूर्य नेपालका तर्फबाट कर्पोरेट उपाध्यक्ष रवि केसीलाई सम्मान गरेका थिए ।

सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गर्दै आएको छ ।

 

Share News