काठमाडौं । ललितपुरबाट स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ परेका छन् । उनीहरू १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मंगलबार पुशपतिनाथ पराग सप्लायर्सका ३० वर्षीय दीपक खड्का, ३२ वर्षीय जयराम केसी र २९ वर्षीय प्रज्वल रिमाल रहेका छन् ।
भगवान शाहको कम्पनीमा काम गर्ने बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा ललितपुर महानगरपालिका २ नख्खु चोक तर्फमा गैरहेको अवस्थामा विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार शङ्का लागी खानतलासी गर्दा स्रोत नखुलेको एक बोरामा बिभिन्न दरका नोटहरु फेला परेको थियो । प्रहरीले हुण्डीको कारोबार गरेको आशंकामा उनलाई पक्राउ गरिएको बताएको छ ।