काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण नगर्ने भएको छ ।
संस्थाको मंसिर ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले स्वीकृत वित्तीय विवरण प्रकाशनका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णयसमेत गरेको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ ।
यस निर्णयसँगै आर्थिक वर्ष २०८२/८३ का लागि युनिक नेपाल लघुवित्तका सेयरधनीले बोनस सेयर तथा नगद लाभांश नपाउने भएका छन् ।