प्रोटोन ई.मास ५ सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार हिस्सा

काठमाडौं । मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा प्रोटोन ई.मास ५ सर्वाधिक बिक्री हुने मोडल बनेको छ । सन् २०२६ को अक्टोबरमा मलेसियामा दर्ता भएका कुल विद्युतीय सवारीमध्ये प्रोटोन ई.मास ५ ले मात्रै झण्डै आधा बजार हिस्सा ओगटेको छ ।

अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन् । यो संख्या मलेसियामा सो अवधिमा दर्ता भएका कुल ४ हजार ५९२ विद्युतीय सवारीको ४९.३ प्रतिशत हो ।

यद्यपि, अक्टोबरमा मलेसियाको समग्र ईभी बजारमा भने गिरावट आएको छ । उक्त महिनामा कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका छन्, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशत कम हो । यो सन् २०२६ को फेब्रुअरीयताकै सबैभन्दा कम मासिक दर्ता पनि हो ।

त्यस्तै, प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन् । ई.मास ५ र ई.मास ७ गरी यी दुई मोडलको संयुक्त बजार हिस्सा ६१.३ प्रतिशत पुगेको छ ।

यसैबीच, अक्टोबरमा मलेसियामा हाइब्रिड सवारीको दर्ता संख्या ५ हजार २३ पुगेको छ । यो वर्ष दोस्रो पटक हाइब्रिड सवारीको दर्ता संख्या पूर्ण विद्युतीय सवारीको भन्दा बढी भएको हो । यसले मलेसियाको वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको रोजाइमा आइरहेको परिवर्तनलाई देखाउँछ ।

मलेसियामा ई.मास ५ ले हासिल गरेको सफलताले प्रोटोनको विद्युतीय सवारी बजारमा बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गरेको छ । नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले प्रोटोनका विद्युतीय सवारी आधिकारिक रूपमा बिक्री गर्दै आएको छ ।

नेपालमा प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा रियर ह्विल ड्राइभ प्रणाली भएको यो मोडलमा ८५ किलोवाटको मोटर र ४० किलोवाट आवर क्षमताको सीएटीएल एलएफपी ब्याट्री रहेको छ ।

यसमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टिलिंक सस्पेन्सन र भेहिकल टु लोड (भीटूएल) सुविधा उपलब्ध छ । त्यस्तै, ७० लिटर क्षमताको अगाडिको भण्डारण स्थान (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट रहेका छन् ।

ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीका साथै वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा पनि उपलब्ध छ । नेपालमा यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

त्यस्तै, प्रोटोन ई.मास ७ पनि प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । यसमा ४१० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२ इन १ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ ।

ई.मास ७ मा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेडअप डिस्प्ले र भीटूएल सुविधा उपलब्ध छन् । यसको नेपाली बजार मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ । 

Share News