सिप्रदीले भित्र्यायो मिशेलिनको प्रिमियम टायर, पाँच साइजमा उपलब्ध

काठमाडौं । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिमार्फत उक्त टायर नेपाली बजारमा भित्रिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनको प्राइमसी ५ सिरिज आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ । यसले आफ्नो सवारीसाधनका लागि प्रिमियम टायर खोजिरहेका नेपाली उपभोक्तालाई थप विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा मिशेलिन प्राइमसी ५ पाँच फरक साइजमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ साइजमा यो टायर पाइनेछ ।

यी टायर नेपाली बजारमा प्रचलित विभिन्न ब्रान्डका प्यासेन्जर कार तथा एसयूभीका लागि लक्षित छन् ।

कम्पनीका अनुसार २१५/६० आर१७ साइज हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त हुनेछ ।

त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया पुराना सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ । २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा र किया सेल्टोसका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, १९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट र फक्सवागन पोलोलगायतका सवारीसाधनका लागि उपलब्ध हुनेछ ।

२१५/६० आर१६ साइज भने हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन र टाटा कर्भका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सिप्रदी अटोपार्ट्सले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्ड तथा गुणस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ । मिशेलिनको प्राइमसी ५ सिरिज भित्र्याउनु पनि नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनसम्म पहुँच विस्तार गर्ने प्रयासको निरन्तरता भएको कम्पनीले जनाएको छ ।

अब ग्राहकले आफ्नो सवारीसाधनअनुसार आवश्यक टायरको साइज, उपलब्धता र खरिदसम्बन्धी जानकारी सिप्रदी अटोपार्ट्समार्फत प्राप्त गर्न सक्नेछन् । 

Share News