काठमाडौं । शैक्षिक योग्यतामाथि प्रश्न उठेपछि इन्डोनेसियाका उपराष्ट्रपति जिब्रान राकाबुमिङ राकाले बिहीबार संसद्मा राजीनामा पेस गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९८७ मा जन्मिएका जिब्रानले सन् २०२४ अक्टोबर २० मा उपराष्ट्रपति पदको कार्यभार सम्हालेका थिए। उनको कार्यकाल पाँच वर्षका लागि निर्धारित थियो ।
उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिँदा पेस गरेको विदेशी शैक्षिक योग्यताको समकक्षता प्रमाणपत्रलाई इन्डोनेसियाको सर्वोच्च अदालतले हालै अमान्य ठहर गरेपछि उनीमाथि राजनीतिक दबाब बढेको बताइएको छ ।
इन्डोनेसियाको संविधानअनुसार उपराष्ट्रपति पद रिक्त भएको अवस्थामा ६० दिनभित्र जनपरामर्श सभाको बैठक बसेर नयाँ उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ । राष्ट्रपतिले सिफारिस गरेका दुई उम्मेदवारमध्येबाट नयाँ उपराष्ट्रपति चयन गरिने संवैधानिक व्यवस्था रहेको छ ।