काठमाडौं । सोल्टी होटलको नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १५.२० प्रतिशतले वृद्धि भएको छ । होटलले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा होटलले १२ करोड ३५ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
होटलको सञ्चालन आम्दानी पनि १४.८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा होटलले ७२ करोड १४ लाख १२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड ७९ लाख ४० हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा होटलको खाद्य तथा पेय पदार्थमा भएको खर्च ९.०५ प्रतिशतले बढेर १३ करोड ५२ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो खर्च १२ करोड ४० लाख ८ हजार रुपैयाँ थियो ।
त्यस्तै, कर्मचारी खर्च १४.७३ प्रतिशतले बढेर १७ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा होटलको कर्मचारी खर्च १५ करोड ३ लाख ७९ हजार रुपैयाँ थियो ।
होटलको सञ्चालन खर्च भने १.६४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो खर्च ८ करोड ६ लाख ७३ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन खर्च ८ करोड २० लाख १५ हजार रुपैयाँ थियो ।
यता, प्रशासनिक खर्च भने ३३.८८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा होटलको प्रशासनिक खर्च १० करोड ९९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ८ करोड २१ लाख २४ हजार रुपैयाँ थियो ।
होटलको कुल खर्च पनि १४.३३ प्रतिशतले बढेर ५५ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल खर्च ४८ करोड ३८ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
होटलको प्रतिसेयर आम्दानी भने स्थिर १ रुपैयाँ २१ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ४२९.२० गुणा रहेको छ ।
१ अर्ब १७ करोड ५१ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको होटलको सञ्चित नाफा तथा जगेडा कोषमा २ अर्ब ३४ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।