तिहारमा ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था उद्देश्यले काठमाडौं प्रहरी परिसर मातहत रहेका वृत्तहरूमा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा सवारी साधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News