घोप्टेभीरमा पहिरो,  सडक खुल्न ३ घण्टा लाग्ने

काठमाडौँ । चितवन सडक खण्डको पृथ्वी राजमार्गको मलेखु-मुग्लिन अन्तर्गत घोप्टे भीरमा सुक्खा पहिरो गएको छ । सोमबार बिहान ५ बजे गएको पहिरो कारण सडकमा यातायात अवरुद्ध भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो हटाउन अरु ३ घण्टा लाग्ने भएको छ । प्रहरीका अनुसार पहिरो हटाउन ३ वटा मेसिन उपकरण परिचालित भएका छन् ।

काठमाडौंबाट लामो दुरीमा निस्केका सवारीसाधन थानकोट र काठमाडौं भित्रिने यातायातका साधनहरू चितवनमा अड्केका छन् ।

Share News