काठमाडौं । पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका मखु सहनीका छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार सोमबार (आज) बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो । त्यसपश्चात उनी गम्भीर रूपमा जलेर बेहोस भएका थिए ।
तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिए पनि उपचारकव् क्रममा उनको मृत्यु भएको हो ।
डिएसपी मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।