घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारनजिकै घोप्टेभिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

बिहान सुक्खा पहिरो खस्दा राजमार्गको दुवैतर्फको आवागमन ठप्प भएको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले जनाएको छ ।

पहिरो हटाउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरिसकिएको छ । पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने योजनाले जनाएको छ ।

Share News