पूर्वआईजीपी कार्कीको रिट दर्ता, कात्तिक ३० गते पेसी तोकियो

काठमाडौं । पूर्वआईजीपी दानबहादुर कार्कीले आफूलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

उक्त रिटउपर कात्तिक ३० गते पेसी तोकिएको सर्वोच्चका सूचना अधिकारी तथा सहायक प्रवक्ता घनश्याम सुवेदीले जानकारी दिए ।

कार्कीको मुद्दा नम्बर 082-Wo-0494 रहेको छ ।

सरकारले प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् ।  

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र प्रहरी महानिरीक्षकमा बढुवा गरिएका डा. मनोज केसीलाई विपक्षी बनाइएको छ । 

आईजीपीलाई अर्को पदमा नियुक्त गरेको बहानामा हटाउने निर्णय वस्तुनिष्ठ, आधारविहीन र बदनियतपूर्ण रहेको निवेदनमा दाबी गरिएको छ । 

कार्कीले सरकारको उक्त निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक पदमा पूर्ववत् कायम राख्न माग गरेका छन् । 

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै आईजीपी पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै आईजीपीमा  केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

आईजीपीको फुली खोसिएकाहरू

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

मनोज केसीलाई चिनाएका ६ काण्ड

कार्कीले आईजीपी पद गुमाउनुका ५ कारण

Share News