काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार (आज) अपरान्ह ३ बजे बस्ने भएको छ ।
पछिल्लो घटनाक्रमबारे धारणा बनाउन पदाधिकारी बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।
सभापति गगनकुमार थापाले पछिल्लो विशेष सम्बोधनमा सरकारको आलोचना गरेका थिए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए ।
त्यसपछि विकसित भएका घटनाहरूमा पार्टीले आफ्नो विचार बनाउन आज बैठक बस्न लागेको सहमहामन्त्री स्नेहीले बताए ।