दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दुई सातापछि बस्न लागेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । झण्डै १८ दिनपछि बैठक बस्न लागेको हो । 

फिक्सर इनम सापकोटासँग हाइ प्रोफाइलका व्यक्तिहरू मुछिएको विषय सार्वजनिक भएपछि मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन ।

Share News