काठमाडौं । मंगलबार (भोलि) बिहान चाबहिलसहित काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भोलि बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मत गरिने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो ।
मर्मतका क्रममा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार निर्धारित समयभन्दा अगाडि नै मर्मतसम्भारको काम सकिए विद्युत् आपूर्ति पनि सोहीअनुसार चाँडै सुचारु गरिनेछ ।