काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल शनिबार (कात्तिक १४) पाँच ओभरको हुने भएको छ ।
शनिबार बिहान परेको निरन्तर वर्षाका कारण खेलमा १५ ओभर घटाउँदै पाँच ओभरमा छोट्ट्याइएको हो ।
पूर्वनिर्धारित तालिकाअनुसार खेल बेलुका ५ बजे सुरु हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान भिजेपछि खेल ढिला सुरु गर्न लागिएको हो । अब खेलको टस बेलुका ७ः२५ बजे गरिनेछ ।
आजै बिहानका निम्ति तय लुम्बिनी लायन्स र चितवनबीचविरुद्धको खेल पनि वर्षाका कारण रद्द भएको थियो । खेलमा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । टोली हाल दुई खेल खेल्दा समान एक जित र हार व्यहोर्दै पाँचौँ स्थानमा छ ।
टोलीले लुम्बिनीसँग पहिलो खेल हार्दा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको जित निकालेको थियो । विराटनगर भने पहिलो जितको खोजीमा छ ।