काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इम्पेरियल इनोभेसन फण्ड लिमिटेडलाई विशिष्टीकृत लगानी कोषको व्यवस्थापकका रूपमा काम गर्न अनुमतिपत्र प्रदान गरेको छ । विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत बोर्डले कम्पनीलाई कोष व्यवस्थापक (फण्ड म्यानेजर)को लाइसेन्स दिएको हो ।
अनुमतिपत्र प्राप्त गरेसँगै इम्पेरियल इनोभेसनले नेपालको उत्पादनशील अर्थतन्त्र, नवप्रवर्तन र उद्यमशीलताको विकासमा योगदान पुर्याउने लक्ष्यसहित लगानी कोष स्थापना तथा सञ्चालनका लागि आवश्यक नियामकीय प्रक्रिया अघि बढाउने तयारी गरेको छ । कम्पनीले नवीकरणीय ऊर्जा, सूचना प्रविधि, पर्यटन र कृषिलगायत उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्ने लक्ष्य राखेको छ ।
कम्पनीको नेतृत्वमा अध्यक्ष अम्बिका प्रसाद पौडेल र प्रबन्ध सञ्चालक बोधराज देवकोटा छन् । सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिज एन्ड इन्टरप्रेनर्सका अध्यक्ष तथा व्यवसायी भागीरथ सापकोटा छन् ।
त्यस्तै, बैंकिङ, बीमा तथा लगानी व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका शिव सिंह कार्की र सबिना राना स्वतन्त्र सञ्चालकका रूपमा रहेका छन् ।
कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त गरेसँगै कम्पनीले सम्भावनायुक्त क्षेत्रमा लगानी परिचालन गर्ने दिशामा प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । नवीकरणीय ऊर्जा, सूचना प्रविधि, पर्यटन र कृषिजस्ता क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्ने कम्पनीको लक्ष्यले उत्पादनशील क्षेत्रको विकास र उद्यमशीलता प्रवद्र्धनमा योगदान पुर्याउने जनाएको छ ।