काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत सेयर दिने प्रस्ताव गरेको छ ।
बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ३३१औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत अर्थात् ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
यसअनुसार बैंकले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नियामक निकाय र साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।