काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।
महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३ हजार ९८० रुपैयाँ पुगेको छ ।