काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङसहित प्रमुख विदेशी मुद्राको भाउ घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा कायम भएको छ । मंगलबार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा थियो ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा थियो ।
आज पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ । मंगलबार यसको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा थियो ।
राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७ पैसा कायम भएको छ । मंगलबार स्वीस फ्र्यांकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा थियो ।
त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा छ । मंगलबार यसको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा थियो ।
क्यानेडियन डलर एकको खरिददर आज १०८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा कायम भएको छ । अघिल्लो दिन यसको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा थियो ।
सिंगापुर डलर एकको खरिददर आज ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । मंगलबार सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा थियो ।
राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक दर सम्बन्धित बैंकबाट लिन सकिनेछ ।