११ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

गैरहाजिर रहेका प्रहरी कर्मचारीमा प्रहरी हवल्दार दिलिपकुमार सिंह, प्रहरी जवानहरू अनिल परियार, संगम बिसी, सजीव राई, समिर लिम्बु, सन्तोष तामाङ, विनोद दरै, टोप बहादुर सुनार, यसोदा कुमारी बोगटी, करनबहादुर बिष्ट र अम्मर सिंह साउद रहेका छन् । 

सम्बन्धित कर्मचारी खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत कार्यालयको सम्पर्कमा नआएको उल्लेख जनाएको छ । 

गैरहाजिर रहेका प्रहरी कर्मचारीले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्नेछ । 

तोकिएको अवधिभित्र हाजिर नभएमा प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । 

null

Share News