काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
सोमबार (आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको हो ।
सुदूरपश्चिमको ब्याटिङ कमजोर बन्दा लुम्बिनीले ८८ रनको सामान्य लक्ष्य पाएको हो ।
लुम्बिनीका लागि किशोर महतोले ४, शेर मल्लले ३, शाड्ली भानले १, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक–एक विकेट लिए ।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे ।
कप्तान ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ जोडे । अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।