लुम्बिनीले टस जित्दै सुदूरपश्चिमलाई दियो ब्याटिङको निम्तो

फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खेल साँझ ५ बजे सुरु हुँदैछ ।

Share News