काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।
प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विराटनगर किंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा सहभागिता जनाउँदैछन् ।
एनपीएलको यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
र्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेल साँझ ५ बजे सुरु हुनेछ ।
















