चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

काठमाडौं । पर्सामा चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिला पक्राउ परेकी छन् । प्रहरीले एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिक रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना ती महिलाको साथबाट बरामद गरिएको हो ।

बरामद गरगहनाको मूल्य चार लाख ११ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News