काठमाडौं । ७१औँ प्रहरी दिवसको अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी सम्मानित भएका छन् ।
महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबाट अधिकारीलाई उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रशंसापत्र प्रदान गरिएको हो ।
ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापन तथा कार्यसम्पादनमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिएको यस सम्मानले प्रहरी संगठनभित्र जिम्मेवारी, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनको महत्त्वलाई थप उजागर गरेको छ ।
७१औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको जनाएको छ ।