काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको सहमहामन्त्रीमा निर्वाचित अजयबाबु शिवाकोटीलाई गृहजिल्ला दोलखामा सर्वदलीय स्वागत तथा सम्मान गरिएको छ ।
शिवाकोटीलाई विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
नेकपा एमाले, दोलखाले आयोजना गरेको चियापान कार्यक्रममा शिवाकोटीलाई एमाले नेता पार्वत गुरुङ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सांसद जगदीश खरेललगायत विभिन्न दलका नेताहरूले बधाई तथा सम्मान व्यक्त गरे ।
कांग्रेसका नेता तथा कार्यकर्तासँगै अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत उनको उपलब्धिको प्रशंसा गर्दै आगामी राजनीतिक यात्राको सफलताको कामनासमेत गरेका छन् ।
जिल्लाका राजनीतिक दलका नेताहरूले व्यक्त गरेको शुभकामनाले आफ्नो आगामी राजनीतिक यात्रालाई थप उत्साह प्रदान गर्ने विश्वास शिवाकोटीले व्यक्त गरे ।