चार दिन उपत्यकाको फोहर नउठ्ने

काठमाडौं । काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ ।  काठमाडौं महानगरपालिकाले आगामी १–४ कात्तिकसम्म उपत्यकाको फोहोर प्रभावित हुने जानकारी दिएको छ ।

महानगरका अनुसार फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएपछि फोहोर नउठ्ने भएको हो । १ देखि ४ गते नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने महानगरले जनाएको छ । 

चार दिनसम्म फोहोर नउठ्ने भएपछि महानगरले उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न आग्रह गरेका छन् । 


 

Share News