काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । बुधबार उनले आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन् । ‘मैले उम्मेदवारी फिर्ता लिन्नँ। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धामा भाग लिन्छु,’उनले भने ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । मंगलबार सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए ।
सभापतिमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसमध्ये राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भाेलि निर्वाचन हुँदैछ ।