अनसनरत इन्टर्न चिकित्सक हरिजन अस्पताल भर्ना

काठमाडौं । अनशनरत एमबीबीएस अध्ययनरत डिल्ली हरिजनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । 

इन्टर्न तथा आवासीय चिकित्सकसँग भएको सहमति कार्यान्वयनको माग गर्दै हरिजन तीन दिनदेखि भक्तपुरको सानोठिमीस्थित चिसित्सा शिक्षा आयोगको परिसरमा अनशन बस्दै आएका थिए । 

उनलाई रिंगटा लाग्ने, बोल्न समस्या हुनेलगायतका समस्या देखिएपछि वीर अस्पतालको आकस्मिक कक्षामा राखेर उपचार थालिएको छ ।  दुई महिनाअघि सरकारले हरिजनसँग पाँच बुँदे सहमति गरेको थियो । 

इन्टर्न तथा आवासीय चिकित्सकहरू ३६ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने, चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरण तथा अन्य जायजबारे भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ । 

Share News