काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा शशिभूषण कर्ण नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको सोमबार बसेको १६९औँ बैठकले विराटनगर महानगरपालिका–१० निवासी कर्णलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कर्णलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से), को कार्यालयलाई जानकारी गराएको छ ।
कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालनमा रहेको गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटामा छ भने कर्पोरेट कार्यालय मोरङको बुढीगंगा गाउँपालिका–१, पुष्पलालचोकमा रहेको छ ।