काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डिल्लीराम सुवेदीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबारदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रियाअन्तर्गत सुवेदीले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिएका हुन् ।
सुवेदी कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् । पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले यसपटक केन्द्रीय पदाधिकारीतर्फ सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।
१५औँ महाधिवेशनबाट कांग्रेसले सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ । उम्मेदवारी दर्तासँगै विभिन्न पदमा नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।