उपत्यकासहित देशभर असिना र वर्षा, मौसमविद् भन्छन् : शनिबारसम्मै रहन्छ

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिने क्रममा रहे पनि नेपालका विभिन्न पहाडी तथा हिमाली भूभागहरूमा मौसम पूर्ण रूपमा सफा भइसकेको छैन ।  

काठमाडौं उपत्यकासहित काभ्रे, धादिङ, नुवाकोट, बागमती र कर्णाली प्रदेशका दैलेख, सुर्खेत, अछाम, कालिकोट तथा जाजरकोट लगायतका जिल्लाहरूमा हाल मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको महाशाखाका मौसमविद् सुदर्शन अधिकारीले विकासन्युजसँग बताए ।  

अधिकारीका अनुसार पहाडी भूभाग र पश्चिमी तराईका क्षेत्रहरूमा आगामी तीनरचार दिनसम्म ९शनिबारसम्म० वर्षाको असर अझै कायम रहने सम्भावना छ । तर, निरन्तर झरी पर्नुको सट्टा दिउँसो र साँझपख केही समय छोटो तर ठूलो पानी पर्ने अनुमान गरिएको छ ।  

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यका तथा अन्य मुख्य शहरहरूबाट घर फर्कने यात्रुहरूकोचाप बढ्दै गएकाले मौसमविद् अधिकारीले सम्भावित हवाहुरी, चट्याङ्ग र असिनापानीबाट जोगिन पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन् । आगामी तीनरचार दिनपछि मात्रै मौसममा क्रमिक सुधार आउने महाशाखाको अनुमान छ ।  

Share News