वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभागृहमा वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि  उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

कांग्रेसको १५औं महाधिवेशनको दोस्रो दिन सोमबार बसेको बन्दसत्रबाट संसोधित विधानअनुरुप पहिलोपटक वरिष्ठ उपसभापतिका पद सिर्जना गरिएको हो ।  

शर्मा गत पुस २७ गतेदेखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट पहिलोपटक उपसभापति निर्वाचित भएका थिए । १४औं महाधिवेशनमा भने उनी निर्वाचित महामन्त्री थिए ।

शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

null

Share News