नेपाली कांग्रेसको १५औँ महाधिवेशन : महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी चुनावी सरगर्मीका बीच डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार काठमाडौंको खुलामञ्चमा उनले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरेका हुन् । आइतबारबाट सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ ।

उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले कांग्रेसलाई थप गतिशीलता प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए ।

Share News