काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १३.३७५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार १२.७०६ प्रतिशत बोनस सेयरको रकम १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ बराबर हुनेछ । यस्तै, ०.६६९ प्रतिशत नगद लाभांशबापत ६५ लाख ३६ हजार ९०९ रुपैयाँ ३२ पैसा वितरण गरिनेछ ।
कम्पनीले प्रस्तावित बोनस सेयर तथा नगद लाभांश स्वीकृतिका लागि विद्युत् नियमन आयोगसमक्ष पेस गर्ने निर्णय गरेको जनाएको छ ।
आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारणसभाबाट समेत प्रस्ताव पारित गरी लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।