काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा मनोजमणि आचार्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । उनले खस आर्यतर्फ उम्मेदवारी दिएका हुन् ।
आचार्यले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेसँग काम गरेका नेता हुन् ।