मंगलबारको विदेशी विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ।

यस्तै, आज युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ घटेको छ।

युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा तोकिएको छ। सोमबार युरोको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा थियो।

पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा थियो।

त्यसैगरी, स्वीस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन स्वीस फ्र्यांकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा थियो।

अर्कोतर्फ, आज अस्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा कायम भएको छ। सोमबार यसको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा थियो।

क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा पुगेको छ। अघिल्लो दिन यसको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा थियो।

सिङ्गापुर डलरको भाउ भने सामान्य घटेको छ। आज एक सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा थियो।

Share News